Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य सुधार, परिसूचक २७८६ बिन्दुमा हुँदा १३ अर्ब ७२ करोडको कारोबार

अर्थ संसार

बुधबार, १२ भदौ २०८१, १५ : २१ मा प्रकाशित

सेयर बजारमा सामान्य सुधार, परिसूचक २७८६ बिन्दुमा हुँदा १३ अर्ब ७२ करोडको कारोबार

दुई दिन राताम्य भएको बजार आज भने झिनो सुधार भएको छ । आज  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८० अकंले बढेर २७८६.४० बिन्दुमा कायम भएको हो । आज ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो । हिजो १८ अर्ब ६४ करोडको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४३ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ४१ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.८८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको