Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा तीन अभ्यास खेल खेल्ने

अर्थ संसार

शुक्रबार, १४ भदौ २०८१, २० : ५६ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा तीन अभ्यास खेल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग तीन एकदिवसीय खेल खेल्ने भएको छ ।

नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग - २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । नेपालले पहिलो खेल सेप्टेम्बर ३ मा. दोस्रो खेल सेप्टेम्बर ५ मा र तेस्रो खेल सेप्टेम्बर ७ मा खेल्ने भएको छ ।

श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १७ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको