Like us!
Follow us!
Connect us!
Watch us!

एकै सातामा लगानीकर्ताको सम्पत्तिमा ३.५७ खर्बको गिरावट

अर्थ संसार

शनिबार, १५ भदौ २०८१, ०८ : ०५ मा प्रकाशित

एकै सातामा लगानीकर्ताको सम्पत्तिमा ३.५७ खर्बको गिरावट

पुंजीबजारका लगानीकर्ताहरुलाई गएको साता सुखद रहेन। चार दिन मात्र चलेको नेप्सेमा एकै साता २२४.८९ अंकको गिरावट देखियो। 

गत साताको आइतबार ७९।८८को गिरावट, मंगलबार १११.९६ गिरावट र साताको अन्तिम दिन बिहिबार ३६ . ८३ अंकको गिरावट नेप्सेले देख्यो। साताको एक दिन बुधबार मात्र नेप्से ३ . ८० र नेप्से बढ्यो। सोमबार भने श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदाका कारण कारोबार भएन।  

यस अगाडीको बिहीबार २९७४.४६ को विन्दुमा बन्द भएको नेप्से यो साता बिहीबार नेप्से २७४९.५७ को विन्दुमा बन्द भएको छ। सबै १३ वटै उपसमूहमा गिरावट आएको छ।

बजार घट्दा नेप्सेको कुल बजार पुँजीकरण पनि घटेको छ। गत साताको अन्त सम्ममा  ४७ खर्ब २४ अर्ब ५ करोड ९३ लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साता ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख रुपैयाँमा झरेको छ। 

एकै सातामा नेप्सेको सम्पति ३ खर्ब ५७ अर्ब १७ करोड ३२ लाख रुपैयाँले घटेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको