Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा हरियाली: १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार

अर्थ संसार

सोमबार, १७ भदौ २०८१, १५ : ३० मा प्रकाशित

नेप्सेमा हरियाली: १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार

नेप्सेमा आज हरियाली छाएको छ । सोमबार नेप्से १२७. २५ अङ्कले बढेर २८२३.२५ विन्दुमा पुगेको छ ।

सोमबार ३३५ कम्पनीको कूल ३ करोड १४ लाख ३०   हजार ४८ कित्तासे यर १ लाख ६० हजार ५७९ पटक कारोबार हुदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२  मा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज नेशनल हाइड्रोसहित सात कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी उन्नति कोषको सेयर मुल्य सबै भन्दा बढी ४. ७१ प्रतिशतले घटेको छ ।

आज गुडविल फाइनान्सको सबै भन्दाबढी ४६ करोड ५२  लाख ५१ हजार ९०० को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज साबिक भन्दा बढी अपि पावरको सबैभन्दा बढी १२ लाख २५ हजार ९४९ कित्ता सेयर कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको