Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से सामान्य बढ्दा विकास बैंक र निर्जीवन बीमा सेक्टरमा लगानीकर्ताको आकर्षण

अर्थ संसार

मंगलबार, १८ भदौ २०८१, १५ : ३९ मा प्रकाशित

नेप्से सामान्य बढ्दा विकास बैंक र निर्जीवन बीमा सेक्टरमा लगानीकर्ताको आकर्षण

आज मंगलबार नेप्से परिसूचक सामान्य रुपमा बढेको छ। आज बजार ६.९४ अंक बढेर २८३०.२० विन्दुमा बन्द भएको हो । 

आज एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, विन्ध्यबासिनी हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक ,आत्मनिर्भर लघुवित्त र उपकार लघुवित्तको सेयर सकारात्मक सर्किट र सर्किट वरिपरि कारोबार भएको छ। 

कारोबारमा आएको हिमालयन पावर पार्टनर र डोल्टी पावर आज सर्वाधिक घट्ने कम्पनी बनेको छ। 

आज विकास बैंक र निर्जीवन बीमा सेक्टरमा लगानीकर्ता आकर्षित भएको देखिन्छ। 

नेप्से बढेसंगै कारोबार रकम पनि बढेको छ। सोमबार १३ अर्ब १० करोड भएको कारोबार आज बढेर १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ कारोबार भएको छ।

एनएलजी इन्स्योरेन्सको आज मात्रै ३४ करोड ७२ लाख रुपैयाँको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । त्यस्तै आज गुडविल फाइनान्सको साढे २९ करोडको सेयर कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको