Like us!
Follow us!
Connect us!
Watch us!

जनताको सेवा नै सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री लेखक

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १२ : १५ मा प्रकाशित

जनताको सेवा नै सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री लेखक

गृह मन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन्।

महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उनले प्रहरीको सुविधा सम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए।

उनले नेपाल प्रहरीलाई समयानुकूल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरे। पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनको भनाइ थियो।

उनले मुलुकमा दुई ठुला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसद्का दुई ठुला दल मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए। उनले एमाले र काङ्ग्रेसबिच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शंका नगर्नसमेत आग्रह गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको