Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेप संकलनमा सामान्य गिरावट, कर्जा लगानी पनि घट्दो

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १५ : ५७ मा प्रकाशित

निक्षेप संकलनमा सामान्य गिरावट, कर्जा लगानी पनि घट्दो

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा निक्षेप संकलनमा केही गिरावट आएको छ । कर्जा प्रवाहको गति सुस्त छ । विगतमा बैंकमा पैसा नहुँदा ग्राहकले कर्जा पाउन सकेका थिएनन् । अहिले माग नहुँदा बैंकले कर्जा प्रवाह गर्न सकेको छैन् । 

केन्द्रीय बैंकको भदौ १५  गतेको तथ्यांक हेर्दा बैंकिङ प्रणालीमा  ६४ खर्ब ६७ अर्ब निक्षेप संकलन भएको थियो ।  भदौ १६ गते भने ६४ खर्ब ६४ अर्ब बराबरको निक्षेप संकलन भएको छ।  यो तथ्यांक हेर्दा एक दिनमा ३ अर्बले निक्षेप संकलन घटेको देखिन्छ ।

सोही समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि केही गिरावट आएको छ । सो समयमा वाणिज्य बैंकबाट हुने निक्षेप संकलन १ अर्बले घटेको छ । भदौ १५ गते ५७ खर्ब ४० निक्षेप संकलन गरेका बैंकहरुले १६ गते ५७ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेका हुन् । यस अवधिमा कर्जा प्रवाहमा पनि १ अर्बको गिरावट आएको छ । गत १६ गते बैंक,वित्तीय संस्थाले  ५१ खर्ब ९४ अर्ब कर्जा प्रवाह गरेका छन्। गत १५ गते भने बैंक,वित्तीय संस्थाले ५१ खर्ब ९५ अर्ब कर्जा प्रवाह गरेका थिए । 

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.९४ प्रतिशत कायम भएको देखाएको छ । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले अन्तर बैंक ब्याजदर २.९८ प्रतिशतबाट बढेर ३ प्रतिशत कायम भएको देखाउँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको