Like us!
Follow us!
Connect us!
Watch us!

निर्जीवन बिमा संघले भन्यो- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक

अर्थ संसार

विहीबार, २० भदौ २०८१, ०७ : ५८ मा प्रकाशित

निर्जीवन बिमा संघले भन्यो- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक

नेपाल निर्जीवन बिमा व्यवसायी संघले सञ्चालक स्वामित्वको सेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको जनाएको छ।

 संघले विज्ञप्ति जारी गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७९ को नियम ३८ (१ क) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक रहेको उल्लेख गरेको हो।

यो व्यवस्था अत्यन्तै कठोर रहेको संघले जनाएको छ। ‘कम्पनीमा कायम रहेका सबै सेयरधनीजस्तै सञ्चालक पनि लगानीकर्ता नै रहेको र सेयरधनीको साधारणसभाबाट निर्वाचित भई उनीहरूका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा भेदभाव गरिनु न्यायोचित हुँदैन,’ विज्ञप्तिमा भनिएको छ।

संघ अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहरदास मुल, महासचिव महेन्द्र कृष्ण श्रेष्ठ, कोषाध्यक्ष रमेश निरौला एवं सदस्य आजाद श्रेष्ठ र कुनाल कयल नेतृत्वको टोली धितोपत्र बोर्डसमेत पुगेको थियो। टोलीले बोर्डका अध्यक्ष महेश बराललाई प्रावधान सच्याउन आग्रह गरेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको