Like us!
Follow us!
Connect us!
Watch us!

बढेको मनोबलमा किन लाग्यो ब्रेक? के ठुला लगानीकर्ता पनि तर्सिएका हुन्?

अर्थ संसार

विहीबार, २० भदौ २०८१, ०८ : २७ मा प्रकाशित

बढेको मनोबलमा किन लाग्यो ब्रेक? के ठुला लगानीकर्ता पनि तर्सिएका हुन्?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार भारी गिरावट देखियो । एकै दिन नेप्से परिसूचक ९०.७३ अंकले घटेर २,७३९ को विन्दुमा बन्द भयो।  

कारोबारको पहिलो घण्टा बढिसकेको नेप्से पछिल्लो कारोबार घण्टाहरुमा ब्यापक रुपमा किन घट्यो भन्ने कुरामा भने लगानीकर्ताहरु अन्योलमा देखिएका छन्। 

गठबन्धनमा खटपटको डर 

बजार दिर्घकालिन असर गर्ने कुनै खराब समाचार नरहे पनि बजारमा केही अफुवा र हल्लाहरु भने फैलिएको देखिएको छ। कांग्रेस र एमाले गठबन्धनबाट खटपट आउन थालेको र सरकार ढल्न सक्ने भन्ने हल्ला देशभरि नै चलेको देखियो। पक्कै पनि यस हल्लाले सेयरबजारलाई पनि छोएकै हुनुपर्छ। 

एमाले सरकार त्यसमाथि पनि  पुँजीबजार मैत्री अर्थमन्त्री विष्णुप्रसाद पौडेल आफ्नो पदबाट हट्न सक्ने खालको लगानीकर्ताले मानसिकता बनेपछि त्यसको केही न केही असर पुजीबजारमा पनि देखिएको अनुमान सजिलै लगाउन सकिन्छ नै। 

गठबन्धनमा खटपट आएको हल्ला कांग्रेस सभापति शेरबहादुर देउवाको कानमा पनि पुगेको प्रष्ट देखियो। उनले बुधबार नै एक कार्यक्रममा अभिव्यक्ति दिँदै कांग्रेस र एमालेबीच कुनै पनि मतभेद नरहेको प्रष्ट पनि पारिसकेका छन्। 

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भने, ‘यो बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन। त्यसकारण पूराका पूरा समर्थन छ हाम्रो। खास खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले त्यस्तो कुरा छैन।’

प्राविधिक विश्लेषण

सेयर बजारलाई आफ्नै लयमा चल्न नदिन विभिन्न समूह र व्यक्ति सामाजिक सञ्जालहरूमा टेक्निकल एनालाइसिसको नाममा बजारमा नकारात्मक भाव सिर्जना हुने खालको विश्लेषण गरेको पनि देखिएको छ। आफ्नो व्यतिगत रणनीति अनुसार विभिन्न खालका प्राविधिक विश्लेषणका आधारमा बजार माथि जान्छ र तल जान्छ भन्ने गरिएको पाइएको छ। 

एक थरि विश्लेषकले माथि जाने र अर्को विश्लेषकले बजार घट्ने विश्लेषण गर्नु नै यसको उदाहरण हो। बजारमा आफ्नो अनुकुल विश्लेषण गर्नु  पुँजीबजारमा गरिएकोअपराध हो। धितोपत्र सम्बन्धी कानुनमा समेत प्राकृतिक रुपमा चल्नुपर्ने बजारलाई माथि जान्छ र तल जान्छ भन भनी भन्न नहुने कुरा प्रष्ट उल्लेख छ। यति हुँदाहुँदै पनि धितोपत्र बोर्ड सामाजिक सञ्जालमा आउने तथा विभिन्न प्रायोजित समाचारहरुमा कानमा तेल हालेर बस्ने गरेको पाइन्छ। वर्तमान अवस्थाको सेयर बजार केही ठूला लगानीकर्ताहरूले साना लगानीकर्तालाई अत्याएर रुखमा फलेको स्याउलाई तल बसेर हल्लाएर झारे जसरी नेगेटिभ समाचार तथा प्रायोजित रुपमा सामाजिक सञ्जालमा बजार घट्ने हल्ला फिजाएर तल बसेर आफ्नो धोक्रो भरिरहेको नदेखिएको होइन। 

नियामकको पत्रको असर 

अनुसन्धानको लागि भन्दै ब्रोकर अफिस र बजारमा सूचीकृत कम्पनीहरुमा एक पछि अर्को नेपाल धितोपत्र बोर्डको पत्र पुग्न थालेपछि त्यसको असर बजारमा देखिएको एक ब्रोकर संचालकले बताए। 'नियामकबाट ठुला कारोबारीको बारेमा विभिन्न विवरण माग्ने पत्र ब्रोकरहरुमा पुगिरहेको छ र त्यो कुरा त्यी लगानीकर्ताले स्वयमले थाहा पाएको हुनसक्छ ' उनले भने। 

यधपि सेबोनले भने यसलाई आफुहरु यो नियमित सुपरभिजन कार्य रहेको बताएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको