Like us!
Follow us!
Connect us!
Watch us!

निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुन्छ : गृहमन्त्री

अर्थ संसार

विहीबार, २० भदौ २०८१, ११ : २१ मा प्रकाशित

निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुन्छ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् ।

बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलमा उनले पन्त हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताएका हुन् ।

‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु। यो घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ’, उनले भने।

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो। घटना भएको छ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको