Like us!
Follow us!
Connect us!
Watch us!

अब जनताको राउण्ड किक कस्तो हुन्छ प्रधानमन्त्रीले देख्नेछन्ः प्रचण्ड

अर्थ संसार

विहीबार, २० भदौ २०८१, ११ : ३० मा प्रकाशित

अब जनताको राउण्ड किक कस्तो हुन्छ प्रधानमन्त्रीले देख्नेछन्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई राउण्ड किक् हानेको भनेर दिएको अभिव्यक्तिको जवाफ फर्काएका छन् । 

शहीदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रचण्डलाई राउण्ड किक् हानेको भनेर दिएको अभिव्यक्तिको जवाफ फर्काए ।

उनले भनेका छन् , ‘प्रधानमन्त्रीमा बसेका मान्छेले प्रचण्डलाई राउण्ड किक् हानेको भनेर पनि बोलेछन् । अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले यस्ता अभिव्यक्ति र प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने समेत बताए ।

संविधानको ब्याख्यात्मक टिप्पणीमा सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर स्पष्टसँग लेखिए पनि सत्तारुढ दलका कतिपय नेताहरुले संविधानको व्यवस्था विपरीत बोलेको गुनासो समेत प्रचण्डले गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको