Like us!
Follow us!
Connect us!
Watch us!

अब ग्लोबल आइएमई बैंकमा खाता खोल्दा पाइनेछन् यी पाँच सुविधा

अर्थ संसार

शुक्रबार, २१ भदौ २०८१, ०९ : ४३ मा प्रकाशित

अब ग्लोबल आइएमई बैंकमा खाता खोल्दा पाइनेछन् यी पाँच सुविधा

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधासहित पाँचवटा थप सुविधा थप गरेर विशेष योजना सार्वजनिक गरेको छ।

बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधा सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि-आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने भएको छ।

ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र  मेरो शेयर, आइपिओ भर्न चाहिने सि-आस्वा रजिष्ट्रेशन नम्बर र जेबिएनएल सेक्यरिटिजमा शेयर बजारमा शेयर खरिद तथा विक्रीका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन्।

यो सुविधा डिजिटल युनिभर्समा पनि उपलब्ध रहेको जनाइएको छ। डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ। यी सेवाहरु बैकको ३५४ वटा शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ।

बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिनेछ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको