Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, ११ : ३९ मा प्रकाशित

कालिका लघुवित्तको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कालिका लघुवित्त वित्तीय संस्थाले ६ हजार ३८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले संस्थापक तीन जना सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका अनुसार मनोज कुमार थापाको स्वामित्वमा रहेको ४ हजार १३१ कित्ता, रमेश तिवारीको १ हजार २५४ कित्ता र मोति प्रसाद पौडेको १ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर संस्थाका संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि उक्त सेयर ३५ दिनभित्र संस्थापकले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको