Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तले बोलायो साधारण सभा,कहिले छ बुक क्लोज ?

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, १३ : ५४ मा प्रकाशित

कालिका लघुवित्तले बोलायो साधारण सभा,कहिले छ बुक क्लोज ?

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा  बोलाएको छ ।

कम्पनी आगामी पुष २९ गते होटल टास्क इन्टरनेशनल प्रालिको सभाहर पोखरा बुद्धचोकमा बस्ने गरी १५ औं वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ९ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेरहेको छ । ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको