कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तले ४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १३४.८९ प्रतिशत बढी हो । गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसैअवधिमा खुद ब्याज आम्दानी पनि ४६.१० प्रतिशतले बढेर १७ करोड पुगेको छ । उक्त ब्याज आम्दानी बढ्दा नाफामा वृद्धि आएको हो । ४० करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको २६ करोड १९ लाख रुपैयाँ जगेडा कोषमा जम्मा छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २०.६८ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १७१.२४ रुपैयाँ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस