Like us!
Follow us!
Connect us!
Watch us!

उपसभुख रानालाई पदबाट हटाउन खोजेको भन्दै संसदमा रास्वपाको आपत्ति

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, १४ : १६ मा प्रकाशित

उपसभुख रानालाई पदबाट हटाउन खोजेको भन्दै संसदमा रास्वपाको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने प्रस्ताव लैजाने कुरा अलोकतान्त्रिक भएको बताए ।

‘माननीय उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरामा राजनीतिक पार्टीहरु बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन’, ‘एउटा सम्मानित पदलाई संवैधानिक परिषद्‍मा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका आफूलाई मसिहा भन्ने राजनीतिक दलहरू उपसभामुखलाई हटाउने सल्लाह गर्दै हुनुहुन्छ, रास्वपाले एउटा राजनीतिक मुद्दा गुमाउला एउटा सम्मानित पद गुमाउला तर लोकतन्त्रको लागि रास्वपा सधैँ लड्नेछ ।’

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखले पद अनुकुलको आचरण नगरेको भनेर प्रश्न उठेको बताएका थिए ।

राज्य व्यवस्था समितिमा समेत यो विषयमा उजुरी रहेको उल्लेख गर्दै सत्तारुढ दलहरूले हटाउने तयारी गरेको सम्बन्धमा रास्वपाले आपत्ति जनाएको हो । प्रमुख सचेतक परियारले अहिले सहज छ भनेर कसैलाई हटाउने र अर्को व्यक्ति लैजाने गर्दा भविष्यमा आफैंलाई अप्ठ्यारो पर्न सक्ने भएकाले सचेत हुन सत्तारुढ दलहरुलाई आग्रह गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको