Like us!
Follow us!
Connect us!
Watch us!

अब अन्तरिक्षको अर्बिटमा आफ्नै सेटलाइन राख्न ध्यान दिनुपर्छ : प्रधानमन्त्री ओली

अर्थ संसार

बुधबार, २६ भदौ २०८१, ०७ : ५४ मा प्रकाशित

अब अन्तरिक्षको अर्बिटमा आफ्नै सेटलाइन राख्न ध्यान दिनुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन्। 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो बिरामी भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जस्ता विषयमा अनुसन्धान गर्न आग्रह गरे।

तरकारी र उत्पादनमा विषादीयुक्त किटाणु कसरी रोक्ने र चाहिने किटाणु कसरी कायम राख्ने भन्ने जस्ता विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्वृद्धिमा सहयोग पुग्ने ओलीको विश्वास छ। 

‘आफूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताको विषयमा अनुसन्धान होस्। कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता संस्थासँग सहकार्य होस्। प्रशासनिकरुपमा मुलुकमा सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु। तपाईँ वैज्ञानिकहरुबाट नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान हुन म आग्रह गर्छु,’ उनले भने, ‘ज्ञान, विज्ञान र योगको उद्गम भूमि नेपाल विभिन्न कारणले पछाडि परेको छ। अरुले ढुङ्गा हानेर सिकार गर्दै गरेको अवस्थामा हामीले पशुपालनको युग सुरु गरिसकेका थियौँ। अब ग्रिन हाइड्रोजनको प्रयोग र अन्तरिक्षको अर्बिटमा आफ्नै सेटलाइन राख्ने विषयमा ध्यान दिन सक्नुपर्छ। भूकम्पको पूर्वसूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ।’ 

प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले नेपाली पुर्खाले सुरु गरेका आयुर्वेद विज्ञान, ध्वनि विज्ञान, नृत्य विज्ञानजस्ता क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको