Like us!
Follow us!
Connect us!
Watch us!

अब सरकारी कार्यालयमा कर्मचारीको खाजा समय आधा घण्टा मात्रै

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, ०७ : १९ मा प्रकाशित

अब सरकारी कार्यालयमा कर्मचारीको खाजा समय आधा घण्टा मात्रै

दिउँसो सरकारी कार्यालयमा पुग्नु भयो। तर कर्मचारी भेटिँदैनन्। कोही भेटिहाले पनि जवाफ आउँछ, यो खाजा समय हो।

सिंहदरबार मात्र होइन हरेक सरकारी कार्यालयमा एक घन्टा खाजा समय थियो।

तर, अब सरकारी कार्यालयमा कर्मचारीको खाजा समय आधाले घटेको छ। घण्टा कायम गरिएको छ।

सरकारी कार्यालयमा कर्मचारीको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि दिउँसो १:३० देखि २ बजेसम्मका लागि खाजा समय कायम गरिएको जानकारी दिएका हुन्।

ओलीले फेसबुकमा लेखेका छन्, 'सरकारी कार्यालयमा कर्मचारीको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १:३० देखि २ बजेसम्म कायम गरिएको छ।’

साथै अब यो नियमलाई उल्लंघर गरेको पाइएमा हेलो सरकारमा गुनासो टिपाउन पाइनेछ।  'कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ,’ प्रधानमन्त्री ओलीको पोस्टमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको