Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, ०७ : १७ मा प्रकाशित

प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रससंघको ७९औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो।

अमेरिकामा छँदा प्रधानमन्त्री ओलीले दक्षिण एसियाका भारत, भुटान, पाकिस्तान र बंगलादेशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री ओलीले महासभालगायत मञ्चहरूमा नेपालको संविधान, पञ्चशीलमा आधारित विदेश नीति, नेपालको संक्रमणकालीन न्याय तथा जलवायु परिवर्तन, हिमालका मुद्दा राख्ने कार्यक्रम छ । उनले लोकतन्त्रप्रति विश्वमाझ प्रतिबद्धता दोहोर्‍याउने र छिमेकीसँगको सम्बन्धबारे नेपालको धारणा पनि सार्वजनिक गर्नेछन् ।

प्रधानमन्त्री ओली ११ असोज बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ। उनी बोस्टनबाटै स्वदेश फर्किनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको