Like us!
Follow us!
Connect us!
Watch us!

आधुनिक कृषि प्रणालीमा अनुसन्धान गर्न विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, ०७ : १३ मा प्रकाशित

आधुनिक कृषि प्रणालीमा अनुसन्धान गर्न विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्ने बताएका छन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३ औँ साधारणसभा बैठकमा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषिप्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादनमूलक कृषिमा लाग्न आग्रह गरे।

कुन ठाउँमा के बाली लगाउँदा हुन्छ र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययनसहित सहकारी, सहकार्य र निजी क्षेत्रको सहभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने उनले बताए। त्यसका लागि मुलुकको आवश्यकतालाई ध्यान दिएर कृषि वैज्ञानिक, इञ्ञ्जिनियरलगायत दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालाई प्रधानमन्त्री ओलीले आग्रह गरे।

‘आधुनिक प्रणाली र ठुलो मात्राको उत्पादनले बजार पाउँछ। हाम्रो उत्पादन नबढेसम्म व्यापार घाटा भइरहन्छ। व्यापार घाटा कम गर्न तथा निर्यात र विप्रेषणका भरमा अर्थतन्त्र चलाउन खोज्ने प्रवृत्तिलाई उल्ट्याउनुपर्छ,’ ओलीले भने, वन क्षेत्र भनिएका तर वन नभएका खाली ठाउँमा कृषि र फलफूल खेती गर्न मिल्ने हामी निर्णय गर्दैछौँ। यसरी जाँदा राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान बढेर जानेछ र आत्मर्भिरता बढ्नेछ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको