Like us!
Follow us!
Connect us!
Watch us!

ब्रिटिस कलेज र ई-वर्कस्बीच साझेदारी, विद्यार्थीहरूले पाउनेछन् इन्टर्नसिप गर्ने मौका

अर्थ संसार

बुधबार, २६ भदौ २०८१, १४ : २१ मा प्रकाशित

ब्रिटिस कलेज र ई-वर्कस्बीच साझेदारी, विद्यार्थीहरूले पाउनेछन् इन्टर्नसिप गर्ने मौका

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ग्लोबल आईटी कम्पनी ई–वर्कस‍्सँग साझेदारीको घोषणा गरेको छ । अध्ययनरत र पूर्वविद्यार्थीहरुको ज्ञानको दायरलाई अभिवृद्धि उद्देश्यको साथ ब्रिटिस कलेजले महत्त्वपूर्ण साझेदारी गरेको हो ।

ई–वर्कस्ले सफ्टवेयर डिभलपमेन्ट, डेटा–ड्रिभन डिजिटल मार्केटिङ र क्रिएटिभ डिजाइनका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
नवीन र उत्कृष्टता सेवा प्रदान गर्दै आइरहेको ई–वर्कस् विश्वभरका सेवाग्राहीहरूलाई उच्चस्तरिय सेवा प्रदान गर्ने संस्था हो । बेलायतको लण्डनमा स्थापना भएको ई–वक्र्सले नेपालमा पनि शाखा बिस्तार गरेसँगै ब्रिटिस कलेजले विद्यार्थीहरूलाई ग्लोबल एक्सपोजर दिनको लागि साझेदारीको घोषणा गरेको हो ।

ई–वर्कस‍्को कूल कर्मचारीमध्ये २० प्रतिशत ब्रिटिस कलेजका ग्राजुयटहरु हुन् । क्षमतावान् भएकै कारण विद्यार्थीहरूले यो अवसर प्राप्त गरेका हुन् । ई–वर्कस‍्जस्तो कम्पनीमा काम गर्ने अवसर प्राप्त गरेको कारण पनि टीबीसीका ग्राजुयटहरु कस्तो छन् भन्ने प्रमाणित भएको छ । साझेदारीसँगै कलेजका विद्यार्थीहरूले ई–वर्कस‍्मा इन्टर्नशिप गर्ने मौका समेत पाउनेछन् । यस अवसरले शैक्षिक क्षेत्रको उत्पादन र उद्योगको आवश्यकताबिचको ग्यापलाई पुरा गर्न मदत पुर्‍याउने कलेजको विश्वास छ ।

‘यो साझेदारी हामीले गरेका प्रतिबद्धताहरू पूरा गर्न मात्र नभई विद्यार्थीहरूको भविष्य उज्वल बनाउनको लागि पनि उत्तिकै महत्वपूर्ण छ,’ कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले भन्नुभयो, ‘हाम्रो शैक्षिक उत्कृष्टतालाई अझै बढावा दिन ई–वर्कस्जस्ता कम्पनीहरूसँग सहकार्य गरेर सूचना प्रविधिको क्षेत्र र अर्थतन्त्रका लागि फाइदा पुग्ने गतिविधिहरू हामीले सञ्चालन गरिरहेका छौं ।’

त्यस्तै, अमेरिकामा पनि शाखा कार्यालय रहेको ई–वर्कस्का सीईओ जोन पार्कले भन्नुभयो, ‘ब्रिटिस कलेजका ग्राजुयटहरूसँग काम गरिहँदाको अनुभव राम्रो भइरहेको छ । यस औपचारिक साझेदारीले कलेजसँगको सम्बन्धलाई अझै गहिरो बनाउन र भविष्यका आइटी क्षेत्रका प्रतिभाहरूलाई अवसर प्रदान गर्ने बाटो खुलेको छ । हामी विश्वमा प्रचलित नवप्रवर्तन र नयाँ दृष्टिकोणबारे विद्यार्थीहरूले राख्ने धारणा बुझ्न उत्साहित छौँ ।’

ब्रिटिस कलेजले ७० भन्दा बढी अग्रणी फिनटेक कम्पनीहरूसँग पार्टनरशिप गरेको छ । जसबाट विद्यार्थीहरूले नेपाल तथा विदेशमा प्लेसमेन्टको अवसरहरू प्राप्त गरेका छन् । ई–वर्कस्मा पनि विद्यार्थीहरूले इन्टर्नसिप सुरु गरिसकेका छन् । 

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा सूचना–प्रविधि क्षेत्रले बार्षिक २ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दा १ खर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । नेपाल सरकारले पनि सूचना प्रविधिको क्षेत्रलाई बढावा दिइरहेको बेला यस्ता सहकार्यले विशेष योगदान पुर्याउने ब्रिटिस कलेजको विश्वास छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको