Like us!
Follow us!
Connect us!
Watch us!

ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेल ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’ बाट सम्मानित

अर्थ संसार

शुक्रबार, ०४ असोज २०८१, १५ : ३३ मा प्रकाशित

ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेल ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’ बाट सम्मानित

द ब्रिटिस कलेज (टीबीसी)का कार्यकारी निर्देशक महेन्द्रराज कँडेल ग्लोबल एजुकेशन लिडरशिप अवार्डबाट सम्मानित  भएका छन् ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेललाई बुधबार होटल हिमालयमा सम्पन्न एशियन प्रोफेसनल अचिभमेन्ट अवाड्र्स ‘ ‘२०२४’ अन्तर्गत ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’ प्रदान गरिएको हो।

शिक्षा र उद्यमशीलताको क्षेत्रमा नेपालमा मात्रै नभई विदेशमा समेत योगदान पुर्याउँदै आएका  कँडेलले विद्यार्थीहरुलाई विश्वव्यापी अवसरहरु प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरीरहेका छन्। उनको कुशल नेतृत्वका कारण ब्रिटिस कलेज शैक्षिक उत्कृष्टताको केन्द्र बन्न सफल भएकोले उनलाई अवार्डबाट सम्मानित गरिएको हो ।

अवार्डबाट सम्मानित भएपछि प्रतिक्रिया दिँदै कँडेलले भनेका छन्,‘यस अवार्डबाट सम्मानित हुन पाउनु गौरवको विषय हो । यसलाई ब्रिटिस कलेजमा हामीले गरिरहेको उत्कृष्ट कामको प्रतिबिम्बको रुपमा लिएको छु,’ यो मेरो मात्र उपलब्धि नभई हाम्रो टिमले नेपालको शैक्षिक विकासको लागि गरेको मेहनतको तिजा हो ।’

एशियन प्रोफेसनल अचिभमेन्ट अवाड्र्स सामाजिक र व्यवसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा संस्थाहरुलाई २०१९ देखि अवार्ड  प्रदान गर्दै आइरहेको संस्था हो ।

यस बर्ष  पनि चुनौतिपूर्ण समयमा पनि शिक्षा र आर्थिक विकासको क्षेत्रमा प्रभावशाली भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको छ ।


 

 

 

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको