Like us!
Follow us!
Connect us!
Watch us!

आज एनआइसी एशिया क्यापिटलका चार म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, ०८ : ५४ मा प्रकाशित

आज एनआइसी एशिया क्यापिटलका चार म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज बिहीबार एनआइसी एशिया क्यापिटलका चारवटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

लाभांशका वितरण प्रयोजनार्थ एनआइसी एशिया सेलेक्ट ३०, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एशिया ग्रोथ फन्ड र एनआइसी एशिया ब्यालेन्स्ड फन्डको बुक क्लोज शुक्रबार एक दिनका लागितय भएको थियो।

सोही अनुसार आज बिहीबारसम्म नेप्सेमा कारोबार भएर कायम इकाईधनीले फन्डको लाभांश पाउनेछन्।

एनआइसी एशिया सेलेक्ट ३० ले १४, फ्लेक्सी क्याप फन्डले १०.५०, ग्रोथ फन्डले ९.५० र ब्यालेन्स्ड फन्ड ९.२५ प्रतिशत (करसहित)  नगद लाभांश प्रदान गर्ने निर्णय यसअघि भएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको