Like us!
Follow us!
Connect us!
Watch us!

राजश्व संकलनमा सचेत रहन भन्सार र आन्तरिक राजस्व विभागलाई अर्थमन्त्रीको निर्देशन

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, १२ : ०६ मा प्रकाशित

राजश्व संकलनमा सचेत रहन भन्सार र आन्तरिक राजस्व विभागलाई अर्थमन्त्रीको  निर्देशन

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लक्ष्यअनुसार राजश्व संकलन नहुने हो कि भन्ने कुराले आफूलाई चिन्तित बनाएको बताएका छन् । 

भन्सार व्यवस्था गोष्ठीलाई सम्बोधन गर्दै बिहीबार मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले अहिले समग्र अर्थतन्त्र दवावमा रहेको बताउँदै सरकारले धेरै आर्थिक दायित्व भुक्तानी गर्नुपर्ने अवस्था रहेको भन्दै राजश्व संकलनमा सचेत रहन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिए । 

उनले राजश्व परिचालन सन्दर्भमा कुनै कम्प्रोइज नगर्न पनि निर्देशन दिएका छ्न् ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सार व्यवस्था सुधार र त्यसको चुनौतीका बारेमा जानकारी गराएका थिए । यस्तै, निजी क्षेत्रको तर्फबाट प्रतिनिधित्त्व गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भन्सारसम्बन्धी नीतिका केही व्यवस्थाले व्यावसायीलाई निरुत्साहित गरेको उल्लेख गर्दै त्यसको सुधार गर्नका लागि अनुरोध गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको