Like us!
Follow us!
Connect us!
Watch us!

कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, १२ : ४७ मा प्रकाशित

कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन्।

शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको स्थलगत अवलोकनका क्रममा उनले यस्तो बताएका हुन्।

उनले सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति कोही पनि मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गरे। आफ्नो रुची र चासो कर प्रशासनमा उल्लेखनीय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको उनले बताए। सरकारले लिएको राजश्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्न पनि उनले आग्रह गरे। उनले आन्तरिक राजश्व रणनीति कार्यान्वयनका लागि जोड दिए।

‘कोही पनि साथीहरु सरुवा, बढुवा अरु कुनै प्रयोजनका निम्ति मन्त्री कहाँ नआउनु होला। मन्त्रीको एउटा मात्रै रुची र एउटा मात्रै चासो छ की, हाम्रो कर प्रशासनमा उल्लेखनीय सुधार होस्। र लक्ष्य पूरा होस्। त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोगका दिन हामी तयार छौं’ उनले भने,’सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ। त्यस हिसावले अघि बढ्न आग्रह गर्दछु। हामीले भर्खरै आन्तरिक राजश्व रणनीति परिचालन गरेका छौं। यो रणनीति कार्यान्वयनको प्राथमिकतामा रहनेछ। रणनीति कार्यान्वयनमा जोड दिनुहोला।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको