Like us!
Follow us!
Connect us!
Watch us!

२४ घन्टाको मौसम पूर्वानुमानः कहाँकहाँ छ वर्षाको सम्भावना ?

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, ०६ : ५८ मा प्रकाशित

२४ घन्टाको मौसम पूर्वानुमानः कहाँकहाँ छ वर्षाको सम्भावना ?

आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी पनि दिइएको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। 

राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना  छ। 

मंगलबार कर्णाली प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका तराई भूभाग तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। 

मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास छ। देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको