Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय ऊर्जाकाे १४ लाख ४६ हजार कित्ता हकप्रद सेयर अक्सनमा आउने

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, ०९ : १३ मा प्रकाशित

हिमालय ऊर्जाकाे १४ लाख ४६ हजार कित्ता हकप्रद सेयर अक्सनमा आउने

हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामी (अक्सन)मार्फत बिक्रीका लागि राखिने भएको छ।

गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता १००सय अंकित दरको ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो।

तर, ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर मात्र बाँडफाँट भएको छ। बिक्री हुन नसकेको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर अब अक्सनमा राख्न लागिएको हो। 

असोज ७ गतेदेखि अक्सनका लागि आवेदन खुलाउने तयारी छ। जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। अक्सनमा आवेदन पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।  

नबिल इन्भेष्टमेन्ट बैंकिङ नबिल बैंकका शाखा कार्यालय विराटनगर, जनकपुर,भक्तपुर,पोखरा,कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र आवेदन बुझाउन सकिने छ। बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति असोज १४ गते कायम गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको