Like us!
Follow us!
Connect us!
Watch us!

यी तीन कम्पनीको हकप्रद सेयर खरिद गर्ने आइतबार अन्तिम मौका

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, १३ : १७ मा प्रकाशित

यी तीन कम्पनीको हकप्रद सेयर खरिद गर्ने आइतबार अन्तिम मौका

दुई जलविद्युत कम्पनी सहित तीन कम्पनीको हकप्रद शेयर खरिद गर्ने भदौ ३१ गते आइतबार अन्तिम दिन रहेको छ । मल्टीपर्पस  फाइनान्स, अरुण काबेली  पावर र सिनर्जी  पावरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आइतबार अन्तिम दिन रहेको हो ।

मल्टीपर्पस  फाइनान्स लिमिटेडले भदौ १० गतेदेखि हाल कायम चुक्तापूँजीको  आधारमा ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी  ४५ करोड २० लाख रुपैयाँ रहेको छ । 

सोही पुँजीको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर कम्पनीले निष्कासन गरेको हो । मल्टीपर्पस  फाइनान्सले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले साउन १२ गते एक दिन बुक क्लोज  गरेको छ ।

बुक क्लोेजको  आधारमा साउन ११ गते बिहीबार सम्म कायम सेयर धनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद सेयर भदौ ३१ गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ । ३५ प्रतिशत हकप्रद सेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ । 

त्यस्तै अरुण काबेली  पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर भदौ ११ गतेदेखि निष्कासन गरेको हो । अरुण काबेली  पावरले हाल कायम चुक्तापूँजी  १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

अरुण काबेली  पावरले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि असार २५ गते एक दिन बुक क्लोज  गरेको छ । बुक क्लोजको  आधारमा असार २४ गतेसम्म कायम सेयर धनीहरू मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन योग्य भएका छन् ।  कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल  इन्भेस्टमेन्ट बैंकिङ्ग  लिमिटेड रहेको छ । 

भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी  पावर डेभलपमेन्ट  लिमिटेडले थप गरिएको अवधि भदौ ३१ गतेसम्म रहेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर खरिदका लागि यस अघि भदौ २४ गतेसम्मको अवधि तय गरिएकोमा माग बमोजिम आवेदन नपरेपछि भदौ ३१ गतेसम्मको मिति थप गरेको हो । 

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज  गरेको थियो।बुक क्लोजको  आधारमा साउन ११ गतेसम्म कायम सेयर धनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले हाल कायम चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अङ्कित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्कासनमा आएको हो ।

हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । सिनर्जी  पावरको हकप्रद सेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको