Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोलाको नबिकेको १७ लाख ५० हजार कित्ता हकप्रद सेयर लिलामीमा

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, ०९ : २१ मा प्रकाशित

आँखुखोलाको नबिकेको १७ लाख ५० हजार कित्ता हकप्रद सेयर लिलामीमा

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको नबिकेको साढे १७ लाख कित्ता हकप्रद सेयर लिलामी (अक्सन)मा आउने भएको छ।

१ करोड २० लाख कित्तामध्ये ४१ हजार ३६२ जना सेयरधनीहरुलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता सेयर पाएका छन्।

तर, हकप्रद सेयर भदौ ३० गते बाँडफाँट भएको हो। बिक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता सेयर अब अक्सनबाट बढाबढ प्रक्रियामार्फत बिक्री गरिनेछ।

कम्पनीले असार ३१ गतेसम्म कायम साविक सेयरधनीका लागि १ बराबर १.५ अनुपातमा हकप्रद निस्कासन गरेको थियो।

बाँडफाँटमा नपरेको हकप्रद सेयर बापतको रकम असोज ४ गते शुक्रबारदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएो छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको