Like us!
Follow us!
Connect us!
Watch us!

खाता रोक्का तथा फुकुवाको स्पष्ट व्यवस्था गर्दै राष्ट्र बैंकले जारी गर्यो विनियमावली,कहिलेदेखि हुन्छ लागु ?

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, १३ : २७ मा प्रकाशित

खाता रोक्का तथा फुकुवाको स्पष्ट व्यवस्था गर्दै राष्ट्र बैंकले जारी गर्यो विनियमावली,कहिलेदेखि हुन्छ लागु ?

नेपाल राष्ट्र बैंकले खाता रोक्का तथा फुकुवाको लागि स्पष्ट व्यवस्था गर्न विनियमावली जारी गरेको छ ।

विभिन्न कारणले खाता रोक्का तथा फुकुवामा देखिएको अन्यौलता विनियमावलीले हटाउने नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले जारी गरेको खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली यही असोजबाट लागू हुनेछ ।

केन्द्रीय बैंकले भनेको छ , ‘बैक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट विनियमावली तर्जुमा गरी लागू गरिएको छ ।’

यस विनियमावलीमार्फत बैंक तथा वित्तीय संस्थामा रहेका रोक्का खाताहरूको व्यवस्थापनलाई पारदर्शी बनाउँदै, रोक्का गरिएको खाता फुकुवाको नियम र प्रक्रिया स्पष्ट गरिएको छ।

 

66e7e4ef44a3f.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको