Like us!
Follow us!
Connect us!
Watch us!

देशका विभिन्‍न क्षेत्रमा वर्षाको सम्भावना, कोशी र मधेशमा हावाहुरी पनि चल्ने

अर्थ संसार

मंगलबार, ०१ असोज २०८१, ०७ : ०८ मा प्रकाशित

देशका विभिन्‍न क्षेत्रमा वर्षाको सम्भावना, कोशी र मधेशमा हावाहुरी पनि चल्ने

मंगलबार बिहान कोशी र बाग्मती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम बर्षा भइरहेको छ।

दिउँसो  देशभर आंशिकदेखि साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले छ।

कोशी प्रदेशका तराई भूभाग तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको आकलन गरिएको छ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ।

बुधबार पहाडी भुभागका थोरै स्थानमा तथा  बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरी चल्ने देखिन्छ।

मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास छ। देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको