Like us!
Follow us!
Connect us!
Watch us!

पहाडी क्षेत्रमा वर्षा र लुम्बिनीको तराईमा हावाहुरीको सम्भावना

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, ०७ : ०७ मा प्रकाशित

पहाडी क्षेत्रमा वर्षा र लुम्बिनीको तराईमा हावाहुरीको सम्भावना

नेपालमा मनसुनसँगै न्यून चापीय प्रणालीको असर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस छ।

देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि छ। 

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा छ।

कर्णाली र सुदूरपश्चिम लगायत देशका पहाडी भुभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ। लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बिहीबार कोशी र बागमती प्रदेशका पहाडी थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको