बजार लगानीकर्ता प्रज्वल भण्डारीले बजारको लङ टर्म ट्रेण्ड पोजेटिभ नै रहेको बताएका छन् । उनले फेस्टिभ मुड चलिरहेका कारण पनी बजारमा अलि करेक्सन देखिएको बताए ।
उनले भनेका छन्, ‘बजारको लङ टर्म ट्रेण्ड पोजेटिभ नै छ । अहिले सर्ट टर्ममा बजारमा करेक्सन देखिएको हो ,लङ टर्ममा अझै पनी बजार बुलिस नै देखिन्छ ।’
बजारमा देखिएको करेक्सन दशैंसम्म मात्रै रहेको र दशैंपछी बजारले आफ्नो लय समात्ने उनको भनाई छ ।
‘बजारले लय समातिसकेको छ ,दशैको टाइम भएर बजारमा करेक्सन देखिने ,कारोबार रकम पनी घट्ने,साइजवेज जाने देखिएको हो ।’
अहिले बजारमा देखिएको करेक्सनलाई सामान्य रुपमा लिनुपर्ने भण्डारीले बताएका छन् ।
‘यो करेक्सनलाई नरर्मल रुपमा दिनुपर्छ । सेयरबबजाप्रति सरकारबाट पनी पोजेटिभ नै प्रतिक्रिया आएको छ , अन्य सुचकहरु पनी बजारतीर पोजेटीभ नै छन् यसले गर्दा पनी बजारले आफनो लय समात्छ । यो करेक्सन दशैसम्म हुन्छ त्यतिञ्जेल बजारबाट धेरै अपेक्षा नराखेकै राम्रो । ’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस