Like us!
Follow us!
Connect us!
Watch us!

२४ घन्टाको मौसम, कहाँकहाँ छ वर्षाको सम्भावना ?

अर्थ संसार

विहीबार, ०३ असोज २०८१, ०७ : ०२ मा प्रकाशित

२४ घन्टाको मौसम, कहाँकहाँ छ वर्षाको सम्भावना ?

आगामी २४ घन्टामा पहाडी भेगमा वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ।

शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानमा, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको