Like us!
Follow us!
Connect us!
Watch us!

कोशी, बागमती र कर्णालीमा वर्षाको सम्भावना, अन्यत्र के हुन्छ?

अर्थ संसार

शुक्रबार, ०४ असोज २०८१, ०७ : ११ मा प्रकाशित

कोशी, बागमती र कर्णालीमा वर्षाको सम्भावना, अन्यत्र के हुन्छ?

मौसम पूर्वानुमान महाशाखका अनुसार आज शुक्रबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ।

देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। दिउँसो कोशी, बागमती र कर्णालीका केही, गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

राति बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ। 

शनिबार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान वर्षाको सम्भावना छ। 

हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर छ। देशभर मनसुनी वायुको प्रभाव छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको