Like us!
Follow us!
Connect us!
Watch us!

पहाडी क्षेत्रमा वर्षाको सम्भावना, अन्यत्र के हुन्छ ?

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, ०७ : ०४ मा प्रकाशित

पहाडी क्षेत्रमा वर्षाको सम्भावना, अन्यत्र के हुन्छ ?

आज आइतबार पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा वर्षा हुनसक्ने देखिएको छ।

सोमबार पहाडी भूभागमा थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा वर्षाको आकलन महाशाखाले गरेको छ।

मंगलबार भने सम्पुर्ण प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर छ। देशभर मनसुनी वायुको प्रभाव छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको