Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकमा जागिर खान आवेदन दिनेमध्ये १२४२ जनाको विवरण गलत, कसरी सच्याउने ?

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, १२ : १३ मा प्रकाशित

राष्ट्र बैंकमा जागिर खान आवेदन दिनेमध्ये १२४२ जनाको विवरण गलत, कसरी सच्याउने ?

नेपाल राष्ट्र बैंकले सहायक निर्देशक (प्रशासन), सहायक (प्रशासन), र सहायक (सूचना प्रविधि) पदका लागि खुला प्रतियोगितात्मक परीक्षाद्वारा विज्ञापन गरिएका पदहरूमा आवेदन दिएका १२४२ आवेदकहरूको अनलाईन दरखास्त फाराममा कागजात अपुग भएको जनाएको छ । 

विज्ञापन नं. १२/२०८१, १३/२०८१, र १४/२०८१ अनुसार अपुग कागजात पेस गर्नुपर्ने आवेदकहरूले मिति २०८१ असोज १० गतेससम्ममा आवश्यक थप कागजात पेस गर्न र विवरण सच्याउन आग्रह गरेको छ । 

विवरण गलत भएका, कागजात अपुग रहेका उम्मेदवारले असोज १० गतेससम्ममा आफ्नो अनलाइन पोर्टल लगइन गरी त्यहाँ उल्लेख भएअनुसार विवरण पेस गर्नुपर्नेछ । 

साथै, सम्बन्धित आवेदन फाराममा उल्लेख गरिएका विवरण वा कागजात तोकिएको मितिभित्र पेस नभएमा दरखास्त फाराम स्वतः अस्वीकृत हुने राष्ट्र जनाएको छ ।

राष्ट्र बैंकले गत साउन ३२ गते मा एक सूचना प्रकाशित गरी रिक्त रहेका सहायक निर्देशक (अधिकृत तृतीय) ३४ जना, सहायक (प्रशासन) १३ जना र सहायक (सूचना प्रविधि) ५ गरी कुल ५२ जना पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको