Like us!
Follow us!
Connect us!
Watch us!

२४ घन्टाको मौसम पूर्वानुमान, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, ०६ : ५९ मा प्रकाशित

२४ घन्टाको मौसम पूर्वानुमान, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर छ। देशभर मनसुनी वायुको प्रभाव छ।

 बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

 दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ।

राति कोशी, मधेश र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको पनि चेतावनी दिइएको छ।

मंगलबार कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको