Like us!
Follow us!
Connect us!
Watch us!

शनिबारसम्म देशभर वर्षाको सम्भावना, पर्सीदेखि ठूलो पानी पर्ने

अर्थ संसार

मंगलबार, ०८ असोज २०८१, ०७ : ०१ मा प्रकाशित

शनिबारसम्म देशभर वर्षाको सम्भावना, पर्सीदेखि ठूलो पानी पर्ने

आगामी शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावको कारण मंगलबार दिउँसो देखि देशभर बादल लाग्ने सम्भावना छ।

आज मंगलबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थान वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।  

राति कोशी,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थान वर्षा हुने देखिन्छ। कोशी , गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

बुधबार सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन महाशाखाले गरेको छ।

सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। 

बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको