Like us!
Follow us!
Connect us!
Watch us!

५८ अंकले घट्यो सेयर बजार, ५ अर्ब ६८ करोड माथिको कारोबार

अर्थ संसार

मंगलबार, ०८ असोज २०८१, १५ : १८ मा प्रकाशित

५८ अंकले घट्यो सेयर बजार, ५ अर्ब ६८ करोड माथिको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९३ अकंले घट्दा २४७० बिन्दुमा  बन्द भएको  छ । आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा रिलायन्स लाइफको १७ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १४ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर स्याङगे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.८३ प्रतिशतका दरले कमाएका छन् । आज नविल ग्रोथ फन्डका इकाईनीले ४.५८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको