Like us!
Follow us!
Connect us!
Watch us!

आज काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा हुने, थाहा पाउनुहोस् कहाँ-कहाँ पर्दैछ ठूलो पानी ?

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, ०७ : ०८ मा प्रकाशित

आज काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा हुने, थाहा पाउनुहोस् कहाँ-कहाँ पर्दैछ ठूलो पानी ?

मनसुन फेरि सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। मंगलबार पूर्वी नेपाल केन्द्रित वर्षा भएकामा आज बुधबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा पानी पर्ने देखिन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी, मधेश,बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।  

दिउँसो देशभर बादल लाग्नेछ। सातवटै प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि आकलन छ।

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुने चेतावनी दिइएको छ।

कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना छ।

बिहीबार सात वटै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। कोशीका थोरै तथा बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको