Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, ०७ : २४ मा प्रकाशित

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच बुधबार भेटवार्ता भएको छ।

उनीहरुबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो। भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रससंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए। 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा प्रधानमन्त्री ओली अमेरिकाको न्युयोर्कमा छन्। यसअघि ओलीले  फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबसँग भेट गरेका थिए।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको