Like us!
Follow us!
Connect us!
Watch us!

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मे,आज पुनः ३० अर्ब खिच्दै

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, ११ : १३ मा प्रकाशित

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मे,आज पुनः ३० अर्ब खिच्दै

बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज (असोज ९ )गते बुधबार राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  यसका लागि दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । 

घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।  पछील्लो समय कर्जामा बैकहरुले लगानी गर्न नसक्दा पैसा बैंकिङ प्रणालीमा थुप्रिएको छ  । यसरी बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई भने हम्मे–हम्मे परेको छ ।
 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको