Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको गिरावटप्रति लगानीकर्ताहरूको आपत्ति, तत्काल छानबिन गर्न माग

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, १३ : ४४ मा प्रकाशित

सेयर बजारको गिरावटप्रति लगानीकर्ताहरूको आपत्ति, तत्काल छानबिन गर्न माग

केही दिनदेखि नेपालका पुँजी बजारमा अप्राकृतिक गिरावटको निरन्तरता रहेको विषयमा आम लगानीकर्ताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सेयर लगानीकर्ताहरुको ४ वटा संघले संयुक्त विज्ञप्ती जारी गर्दै सेयर बजार घट्नुपर्ने कारण नरहेको उल्लेख गरेका छन् । उनीहरुले भनेका छन्, ‘बजार घट्नुपर्ने कुनै पनि प्राकृतिक कारण छैन । तर, पनि निरन्तर घटिरहेको छ ।

बजार निरन्तर घट्न थालेपछि लगानीकर्ताहरुको संघले अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा पुगेर गुनासो समेत राखिसकेको भन्दै, तत्काल छानबिनको माग गरेका छन्। उनीहरूले पुँजी बजारलाई स्वतन्त्र र निष्पक्ष रूपमा सञ्चालन गर्न तथा आम लगानीकर्ताको अधिकारको संरक्षणका लागि नियमनकारी निकायले तत्काल पहल गर्नुपर्ने आग्रह गरेका छन्।

जारी गरिएको उक्त विज्ञप्ति जनरल इन्भेष्टर एसोसिएसनका अध्यक्ष दीपक कार्की, सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसीद्वारा हस्ताक्षर गरिएको छ।

66f3c6279e4fe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको