Like us!
Follow us!
Connect us!
Watch us!

लयमा फर्कियो सेयर बजार,नेप्से ४९ अंकले बढ्दा ४ अर्ब ८१ करोडको कारोबार

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, १५ : ११ मा प्रकाशित

लयमा फर्कियो सेयर बजार,नेप्से ४९ अंकले बढ्दा ४ अर्ब ८१ करोडको कारोबार

साताको चौथो कारोबारको दिन सेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । केहि दिन यता निरन्तर खुम्चि रहेको पुँजी बजारमा आए भने रौनक देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१८ अकंले बढेर २५१९.५७ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।   

आज ङादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको १३ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीइडीबी हाइड्रोको १३ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, न्यादी हाइड्रो, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था, सगरमाथा जलविद्युत कम्पनी र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ५ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.३६ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको