Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा बिहीबार रातिदेखि निरन्तर झरी, कहिले थामिन्छ ?

अर्थ संसार

शनिबार, १२ असोज २०८१, ०७ : ०७ मा प्रकाशित

काठमाडौंमा बिहीबार रातिदेखि निरन्तर झरी, कहिले थामिन्छ ?

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बिहीबार रातिदेखि निरन्तर झरी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय बन्दा निरन्तर झरी परिरहेको हो। जसकारण काठमाडौं उपत्यकामा बहने बागमतीसहितका सबै नदी, खोलामा बाढी आएको छ। नदी छेउका वस्ती डुबानमा परेका छन्।
तर, शनिबार पनि झरी थामिने सम्भावना छैन। मौसमविद् शान्ति कँडेलका अनुसार यो झरी शनिबार दिनभर कायमै रहने देखिन्छ। तर, आइतबार केही कम हुने सम्भावना छ। तर, आइतबार पनि वर्षा कायमै हुने देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको