Like us!
Follow us!
Connect us!
Watch us!

देशभर भीषण वर्षा: आज दिउँसो र राति पनि कायमै रहने, भोलि के हुन्छ?

अर्थ संसार

शनिबार, १२ असोज २०८१, ०७ : १५ मा प्रकाशित

देशभर भीषण वर्षा: आज दिउँसो र राति पनि कायमै रहने, भोलि के हुन्छ?

मंगलबारदेखि सुरु भएर बिहीबारदेखि देशभर फैलिएको वर्षा कायमै छ। शनिबार बिहान पनि देशका धेरै जसो ठाउँमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र, लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक-दुई स्थानमा अति भारी वर्षाको पनि चेतावनी दिइएको छ।

राति पनि मधेश,बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।

महाशाखाका अनुसार शनिबारको तुलनामा आइतबार भने कम वर्षा हुनेछ। तर, वर्षा पूर्ण रुपमा रोकिने छाँट भने छैन। आइतबार मधेश,बागमती, गण्डकी, लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुनेछ। 

देशभर मनसुनी वायुको प्रभाव छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा छ। 

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको