Like us!
Follow us!
Connect us!
Watch us!

ठूलो पानी रोकियो, आज कहाँकहाँ छ वर्षाको सम्भावना ?

अर्थ संसार

आइतबार, १३ असोज २०८१, ०७ : ०३ मा प्रकाशित

ठूलो पानी रोकियो, आज कहाँकहाँ छ वर्षाको सम्भावना ?

हाल देशभर बादल लागेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।  

दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति कोशी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सोमबार सात प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति भने कोशी, बागमती र गण्डकी  प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ।

 मंगलबार कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ वर्षाको सम्भावना छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ। उत्तरपूर्वी अरब सागर देखि उत्तरपश्चिम बिहार सम्म फैलिएको न्यून चापीय रेखाको पनि प्रभाव छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको