Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरोमा १०० जनाको मृत्यु, ६७ बेपत्ता, सबैभन्दा धेरै ललितपुरमा क्षति

अर्थ संसार

आइतबार, १३ असोज २०८१, ०७ : १२ मा प्रकाशित

बाढीपहिरोमा १०० जनाको मृत्यु, ६७ बेपत्ता, सबैभन्दा धेरै ललितपुरमा क्षति

बाढीपहिरो र डुबानमा परी एक सय जना जनाको मृत्यु भएको छ। ६७ जना बेपत्ता भएका छन्।  एक सय एक जना घाइते भएका छन्। 

बाढीपहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको