Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, १३ असोज २०८१, १४ : ०३ मा प्रकाशित

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको मिट द सिइओ कार्यक्रम सम्पन्न  भएको छ ।

गण्डकी प्रदेशबााट योग्य  भएका करिब ३५ जना अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा जोडिएका हरेक पक्षहरुका बारेमा विस्तृत रुपमा छलफल भएको थियो ।  कार्यक्रममा छनौट हुने सम्पुर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा गण्डकी प्रदेशबाट छनौट हुने अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पुर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा गण्डकी प्रदेशबाट छनौट हुने अभिकर्ताहरुलाई सम्मान गरेका थिए। साथै यो कार्यक्रम मधेश प्रदेशबाट शुरु गरिएको र छिट्टै नै अन्य प्रदेशहरुमा पनि गरिने जानकारी गराए।

अभिकर्ताहरुको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम जारी गरेको र नेपालभर बाट यस स्किममा ३०० भन्दा बढि अभिकर्ताहरु छनौट हुन भएकामा गण्डकी प्रदेशबाट मात्रै ३५ जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यस स्किममा जोडिनेलाई धन्यवाद समेत व्यक्त गरिएको थियो ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा जोडिएका हरेक पक्षहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरे। यस योजनाले अभिकर्ता र कम्पनीका सिइओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको